२०८३, श्रावण २७ गते

Switch TV Mode

बुधवार, श्रावण २७ गते २०८३

नेपालका आठ परियोजनाका लागि भारतको ८० करोडभन्दा बढी अनुदान, यी जिल्लामा हुँदैछन् परियोजना कार्यान्वयन

मंगलवार , श्रावण २६, २०८३

नेपालका शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रसँग सम्बन्धित आठ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ।

भारत सरकारको कुल ८० करोड ३० लाख रुपैयाँ अनुदान सहयोगमा यी परियोजना कार्यान्वयन हुन लागेका हुन्।

काठमाडौँस्थित भारतीय राजदूतावास, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र परियोजना कार्यान्वयन निकायहरूबिच समझदारी पत्रमा हस्ताक्षर भएको छ। परियोजनाहरू नेपाल सरकारका स्थानीय निकाय तथा संस्थाहरू मार्फत कार्यान्वयन हुनेछन्।

परियोजना अन्तर्गत कोशी प्रदेशको सुनसरीस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिजिटलाइजेसन तथा भोजपुरको टेम्केमैयुङमा कृषि उत्पादन सङ्कलन र बिक्री केन्द्र निर्माण गरिनेछ। बागमती प्रदेशको धादिङस्थित ज्वालामुखीमा नगरीय कृषि तथा पशुपन्छी केन्द्र र मोरङको बेलबारी बहुमुखी क्याम्पसको भवन निर्माण हुनेछ।

त्यस्तै कर्णाली प्रदेशको दैलेखस्थित डुङ्गेश्वरमा १० शय्याको अस्पताल र हुम्लाको सर्केगाडमा कृषि प्रवर्द्धन केन्द्र बन्नेछ। गण्डकी प्रदेशको स्याङ्जास्थित कालीगण्डकीमा कोल्ड स्टोर र सुनसरीको बर्जु गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण गर्ने योजना छ।

सन् २००३ यता भारत सरकारले नेपालमा ६०५ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेको छ। स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी, कनेक्टिभिटी, सरसफाइ र सार्वजनिक उपयोगिताका क्षेत्रमा ५१२ वटा परियोजना सम्पन्न भइसकेका छन्। बाँकी परियोजनाहरू कार्यान्वयनका विभिन्न चरणमा छन्।

नेपाल र भारतबिच नजिकको छिमेकीका रूपमा व्यापक तथा बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ।

WhatsApp Image 2026-08-11 at 19.14.47.jpeg
परियोजना सम्झौता
WhatsApp Image 2026-08-11 at 19.14.44.jpeg
उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर

 

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार