काठमाडौँ । नेपाली चलचित्र 'अक्षरा’को टिजर सार्वजनिक भएको छ । विनयराज पौडेलको निर्देशनमा बनेको चलचित्रको टिजर ’मुभिज डिजिटेनमेन्ट’ युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
टिजरमा धनाढ्य परिवारमा विवाह गरेपछि एक युवतीले भोग्नुपरेको पारिवारिक पीडा र घरेलु हिंसाको कथा प्रस्तुत गरिएको छ । चलचित्रमा सुशील पोखरेल बुबा र न्यान्सी खड्का उनकी छोरीको भूमिकामा देखिएका छन् ।
क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको चलचित्रको प्रस्तुतकर्ता सोनी थापा (ढुंगाना) हुन्। निर्मातामा उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगाना रहेका छन् । फिल्मको पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले तयार पारेका हुन् ।