२०८३, कार्तिक १६ गते

Switch TV Mode

आइतवार, कार्तिक १६ गते २०८३

गोरखकाली रबर उद्योग पुनः सञ्चालनको तयारी: ६७० रोपनीमा फैलिएको १ अर्बको उद्योग ब्यूँतिँदै!

हरेक चुनावमा राजनीतिक दलका लागि यो उद्योग 'चुनावी एजेन्डा' बन्यो। अनुगमन टोलीहरू आए, आश्वासनका ठेली बाँडिए, तर उद्योग चलेन।

मंगलवार , भाद्र २, २०८३

एक समय थियो, जब नेपालका सडकहरूमा गुड्ने बस, ट्रक, कार र ट्याक्सीहरूमा स्वदेशमै बनेको 'गोरखकाली' ब्राण्डको टायर गुडेको देखिन्थ्यो।

६७० रोपनीभन्दा बढी क्षेत्रफलमा फैलिएको विशाल औद्योगिक परिसर, राति ११ बजेसम्म निरन्तर चलिरहने मेसिनहरूको आवाज, अनि तीन सिफ्टमा खटिने तीन सयभन्दा बढी कामदारहरूको चहलपहल-गोरखकाली रबर उद्योग केवल एउटा कारखाना मात्र थिएन, नेपालको आत्मनिर्भरता र औद्योगिक स्वाभिमानको प्रतीक थियो।

तर, वि.सं. २०७१ चैत २३ गते यता त्यो गुल्जार उद्योग एकाएक मसानघाटजस्तै सुनसान बन्यो। विगत एक दशकदेखि उद्योगका बहुमूल्य मेसिनहरूमा खिया लागिसकेको छ, कर्मचारी आवासका ४२ वटा ब्लकहरू झाडी र लेउले ढाकिएका छन्, अनि राज्यको अर्बौँ रुपैयाँको लगानी कबाडमा परिणत हुने अवस्थामा पुगेको छ।

हरेक चुनावमा राजनीतिक दलका लागि यो उद्योग 'चुनावी एजेन्डा' बन्यो। अनुगमन टोलीहरू आए, आश्वासनका ठेली बाँडिए, तर उद्योग चलेन।

पुरा भिडियो रिपोर्टमा

सम्बन्धित विषय:

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार