२०८३, आश्विन १८ गते

Switch TV Mode

आइतवार, आश्विन १८ गते २०८३

भिडियो अन्तर्वार्ता

मानसिक स्वास्थ्य किन बिग्रिँदैछ ? विज्ञको चेतावनी : बेवास्ता नगरौँ

मानसिक स्वास्थ्यः समस्या, कारण र समाधान, मानसिक स्वास्थ्यलाई बेवास्ता नगरौँ

बुधवार , आश्विन १४, २०८३

काठमाडौँ । मानसिक स्वास्थ्य समस्या नेपालसहित विश्वभर जनस्वास्थ्यको गम्भीर समस्याका रुपमा देखा पर्दै गएको छ ।  मनोचिकित्सकका अनुसार तनाव, चिन्ता, डिप्रेसन, पारिवारिक तथा आर्थिक समस्या र सामाजिक दबाबका कारण मानसिक स्वास्थ्य प्रभावित हुनसक्छ।

नेपालमा सन् २०२० मा गरिएको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणअनुसार वयस्क र बालबालिका–किशोरकिशोरीमा समेत मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको छ । 

उक्त तथ्यांक अनुसार नेपालमा १० प्रतिशत वयस्कमा आफ्नो जीवनकालमा कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्याबाट ग्रसित छन् ।

सोही तथ्याङ्क अनुसार पाँच प्रतिशत बालबालिका तथा किशोर किशोरी कुनै न कुनै किसिमको मानसिक समस्या हुने गरेको छ । 

न्युरो मनोचिकित्सक प्रा डा सुदर्शन नर्सिङ प्रधानले शारीरिक स्वास्थ्यसरह मानसिक स्वास्थ्यलाई प्राथमिकता दिन आवश्यक रहेको बताउँछन् ।  निरन्तर उदासी, अत्यधिक चिन्ता, निद्रा तथा खानपानमा परिवर्तन, एक्लिन खोज्ने र ध्यान केन्द्रित गर्न कठिनाइ हुनु मानसिक स्वास्थ्य समस्याका प्रारम्भिक लक्षण हुन ।  

विशेषगरी किशोरकिशोरी तथा युवामा अध्ययनको दबाब, भविष्यको चिन्ता, पारिवारिक समस्या र सामाजिक सञ्जालको अत्यधिक प्रयोगले मानसिक स्वास्थ्यमा असर पार्न सक्ने डा प्रधानको तर्क छ । 

उनका अनुसार मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई दोष लगाउने वा उपेक्षा गर्नेभन्दा उनीहरूको कुरा सुन्ने, भावनात्मक सहयोग गर्ने र आवश्यक परे विशेषज्ञको सहयोग लिन प्रोत्साहित गर्नुपर्छ। मनोपरामर्श, मनोचिकित्सा तथा आवश्यकताअनुसार औषधीबाट उपचार गर्न सकिन्छ।

मानसिक स्वास्थ्य सुधारका लागि पर्याप्त निद्रा, नियमित व्यायाम, सन्तुलित खानपान, स्वस्थ सामाजिक सम्बन्ध र तनाव व्यवस्थापनमा ध्यान दिन डा प्रधानको सुझाव छ।

मानसिक स्वास्थ्य समस्याका विषयमा केन्द्रितभई न्युरो मनोचिकित्सक प्रा डा सुदर्शन नर्सिङ प्रधानसँग नेपालमञ्च डटकमका लागि गरिएको भिडियो कुराकानी...

 

सम्बन्धित विषय:

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार