२०८३, कार्तिक १९ गते

Switch TV Mode

बुधवार, कार्तिक १९ गते २०८३

विराटनगरद्वारा जनकपुर २ रनले पराजित

मंगलवार , कार्तिक १८, २०८३

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्ग्सले जनकपुर बोल्ट्समाथि २ रनको रोमाञ्चक जित निकालेको छ । विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनायो । जनकपुरका सैफ हसनले ७१, विशाल शुस्लिङले ४३, जेम्स नीशमले २७ रन बनाए ।

विराटनगरका आन्द्रे रसेलले ४, एन्जेलो म्याथ्युजले २ विकेट लिए । यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको थियो ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार