२०८३, कार्तिक १९ गते

Switch TV Mode

बुधवार, कार्तिक १९ गते २०८३

विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य

मंगलवार , कार्तिक १८, २०८३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सले जनकपुर बोल्ट्सविरुद्ध १७५ रनको लक्ष्य दिएको छ ।  मंगलबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको विराटनगरले जनकपुरविरुद्ध निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७४ रनको योगफल तयार पारेको हो ।

विराटनगरका लागि इमरान शेखले सर्वाधिक ५६ र ओपनर लोकेश बमले ५० रन बनाए । इमरानले ४५ बल खेल्दै ५ चौका र २ छक्का मदतमा ५६ रन बनाए ।

लोकेशले ४० बल खेल्दा समान ३ चौका र ३ छक्का मदतमा ५० रन जोडे । ओपनर शेहान जयासूर्य टिमको स्कोर २ रन हुँदा नै आउट भएपछि वान डाउनमा आएका इमरान शेख र ओपनर लोकेश बमले दोस्रो विकेटका लागि १०७ रनको साझेदारी गरेका थिए ।

यस्तै आन्द्रे रसेलले २९ बलमा अविजित ५२ रन बनाए । उनले २ चौका र ५ छक्का प्रहार गरे । शुभम रन्जाने ७ रनमा अविजित रहे । 

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार