२०८३, श्रावण २६ गते

Switch TV Mode

मंगलवार, श्रावण २६ गते २०८३

महाधिवेशनसम्बन्धी सबै कार्यक्रम तत्काल स्थगित गर्न शशांकको पत्र

मंगलवार , श्रावण २६, २०८३

काठमाडौँ । नेपाली कांग्रेसको इतर पक्षले १५ औँ महाधिवेशनसम्बन्धी सम्पूर्ण गतिविधि र दीर्घकालीन निर्णयहरू तत्काल रोक्न माग गर्दै पार्टी केन्द्रीय कार्यालय र निर्वाचन आयोगलाई पत्र पठाएको छ ।

इतर पक्षको राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले मंगलबार आयोग र पार्टी केन्द्रीय कार्यालयलाई पत्र पठाएका हुन् । सर्वोच्च अदालतको निस्सालाई आधार मानेर पार्टीका गतिविधि स्थगित गर्न दुवै निकायलाई कोइरालाले पत्र पठाएका हुन् ।

पत्रमा भनिएको छ, ‘पार्टीको आगामी १५ औं महाधिवेशन वा विशेष महाधिवेशनसम्बन्धी कुनै पनि सांगठनिक, प्राविधिक वा नीतिगत कार्यतालिकाहरू तत्काल स्थगित गरियोस् । अदालतको अन्तिम फैसला नआएसम्म पार्टीको तर्फबाट गरिने कुनै पनि दीर्घकालीन प्रभाव पार्ने नीतिगत, राजनीतिक, सांगठनिक वा आर्थिक निर्णयहरू पूर्णरुपमा यथास्थितिमा राखियोस् ।’

shashank-nc-2-1.jpg
undefined
773232200_2290960028388041_3635168793118991660_n_hrdeFZsNed.jpg
undefined
r-vela_4IZ5fZD5yN.jpg
undefined

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार