२०८३, श्रावण २६ गते

Switch TV Mode

मंगलवार, श्रावण २६ गते २०८३

प्रधानमन्त्रीलाई गुप्तवासबाट बाहिर निस्कन सांसद शर्माको सुझाव

मंगलवार , श्रावण २६, २०८३

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा) सांसद गोपाल शर्माले प्रधानमन्त्री बालने साह गुप्तवासमा रहेको भन्दै कटाक्ष गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद शर्माले देशमा ग्यासको हाहाकार मच्चिदासमेत बेखबर रहेको भन्दै यस्तो कटाक्ष गरेका हुन् ।

उनले भने, ‘अहिले देशमा ग्यासको हाहाकार भएको छ । प्रधानमन्त्रीज्यू गुप्तवासमा हुनुहुन्छ । उहाँलाई यो ग्यासको हाहाकारबारे थाहा नहुन सक्छ ।’

उनले प्रधानमन्त्रीलाई गुप्तवासबाट बाहिर निस्केर जनताका समस्या समाधानमा लाग्न आग्रह गरे । उनले भने, ‘प्रधानमन्त्रीलाई भन्न चाहन्छु । गुप्तवास बसुन्जेल तपाईं एक्लै हुने हो । तपाईं जब संसद्मा आउनुहुन्छ सांसदहरू तपाईंको साथमा, संसद् तपाईंको साथमा हुन्छ तपाईंले सकारात्मक पहल लिँदा सिंगै संसद तपाईंको पक्षमा हुन्छ । गलत प्रक्रिया चल्दा सिंगै संसद् विपक्षमा हुन्छ । गुप्तवासमा नबसस्नुस् ।’

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार