काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आइतबार तोलामा ४ हजार ८०० रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्यमा आइतबार ४ हजार ८०० रुपैयाँ बढ्दै ३ लाख १ हजार ७०० रुपैयाँ पुगेको छ ।
चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार प्रतितोला ४ हजार ५८० रुपैयाँमा करोबार भएको चाँदी आज ४ हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको छ ।