२०८३, श्रावण २४ गते

Switch TV Mode

आइतवार, श्रावण २४ गते २०८३

तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै

आइतवार , श्रावण २४, २०८३

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच भएको  तीनबुँदे सहमतिअनुसार  मन्त्रिपरिषद् गठन हुने उनले जानकारी दिए।

मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् विस्तारबारे प्रदेशमा छलफल  जारी रहेको र सहमतिको चरणमा आफूहरू पुगेको बताए। उनले भने’केही दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाउँछ ।’

सातै प्रदेशमा तीनबुँदे सहमतिअनुसार दुवै दल अघि बढ्नुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तारमा केही समय लागेको उनले बताए। मन्त्रिपरिषद् विस्तारमा केही समय लागे पनि सरकारी काम नरोकिएको उनले स्पष्ट पारे।

 

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार