काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपाल प्रहरीका महानिरीक्षक(आईजीपी) हेरफेरको निर्णय पार्टीलाई जानकारी नभएको बताएको छ । पार्टी प्रवक्ता जगदीश खरेलले आईजीपी फेरबदलसम्बन्धी निर्णय पार्टी निर्देशनअनुसार नभएको बताएका हुन् ।
पत्रकार पक्राउका विषयमा पार्टीले दोषीलाई कारबाही गर्न निर्देशन दिएको भएपनि आईजीपी फेर्न पार्टीले कुनै निर्देशन नदिएको बताएका छन् । उनले आईजीपी हेरफेरको निर्णय पार्टीको निर्देशनसँग नमिलेको बताए । यसअघि मन्त्रिपरिषदको बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले सरकारको निर्देशनमा आईजीपी फेरबदल गरेको बताएका थिए ।