२०८३, कार्तिक १ गते

Switch TV Mode

शनिवार, कार्तिक १ गते २०८३

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

शनिवार , कार्तिक १, २०८३


ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको भरोसायोग्य, वैचारिक र सामाजिक आन्दोलनको नेतृत्व गर्ने संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पार्टीको केन्द्रीय निर्वाचन समितिद्वारा शनिबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित नवनिर्वाचित पार्टी सभापतिको शपथपछि सम्बोधन गर्दै उनले लोकतन्त्र, नागरिकको गरिमा र सामाजिक न्यायलाई पार्टीका प्रमुख आधार बनाउने बताए ।

“आगामी चार वर्षमा पार्टीका आन्तरिक गतिविधिभन्दा नागरिकका मुद्दा र समस्यालाई प्राथमिकता दिने छौँ, कांग्रेसलाई आजको नेपाली समाजका प्रश्नको जवाफ दिनसक्ने वैचारिक नेतृत्वका रूपमा अघि बढाउने, सङ्गठनलाई आधुनिक बनाउने छौँ, युवादेखि किसानसम्मलाई सामाजिक आन्दोलनमा जोड्ने योजना छ,  पार्टीभित्र सहमत र असहमत सबै पक्षलाई समेटेर अघि बढ्ने तथा नेतृत्वलाई पारदर्शी र जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु”, उनले भने ।

 सभापतिको पद अधिकार नभई जिम्मेवारी भएको उल्लेख गर्दै आफूबाट गल्ती भए त्यसको भार पार्टीले बोक्न नहुने उनको भनाइ छ । उनले व्यक्तिका कमजोरीको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै लिनुपर्ने स्पष्ट पारे ।

हालैको प्राकृतिक विपत्तिका कारण धेरै परिवार शोक र अभावमा रहेकाले यस वर्ष दसैँलाई तडकभडक पूर्ण रूपमा नमनाउने कांग्रेसको निर्णय रहेको उनले जानकारी दिए । विपत्तिबाट प्रभावित तथा आफन्त गुमाएका परिवारसँग जोडिएर चाड मनाउन र सामाजिक सद्भाव कायम राख्न उनले पार्टीका नेताकार्यकर्ता तथा आमनागरिकलाई आग्रह गरे ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार