२०८३, आश्विन २६ गते

Switch TV Mode

सोमवार, आश्विन २६ गते २०८३

धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता

शनिवार , आश्विन २४, २०८३

 

भक्तपुर । नगद ७५ हजार पुरस्कारसहित सूर्यविनायक नगरपालिका–१ सिरुटारको नासः धिमे खलःले सूर्यविनायक नगरस्तरीय धिमेबाजा प्रतियोगिता–२०८३ को विजेता बन्न सफल भएको छ ।


शनिबार सूर्यविनायक गणेश मन्दिर परिसरमा सूर्यविनायक नगरपालिकाले आयोजना गरेको धिमेबाजा प्रतियोगितामा नगद पुरस्कारसहित प्रमाणप्रत्र तथा ट्रफी प्राप्त गरेको छ । सूर्यविनायक–१ कै लुनिभा धिमे बाजा खलःले दोस्रो हुँदै  ५० हजार नगद पुरस्कारसहित प्रमाणप्रत्र तथा ट्रफी प्राप्त गरेको छ ।


नगरभित्रका १३ वटा धिमे बाजा टोलीको प्रतिस्पर्धामा वडा नं १० को सिमलटार बाजा खलले तेस्रो स्थान प्राप्त गर्दै नगद २५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । 


प्रतियोगितामा सहभागी प्रतिस्पर्धी सबै टोलीले धिमेबाजा टोलीलाई नगरपालिकाले नगद पाँच हजार तथा प्रमाणपत्र प्रदान गरेको छ । त्यसैगरी नगर प्रमुखले आफ्नो व्यक्तिगततर्फबाट सहभागी १० वटा टोलीलाई थप  पाँचरपाँच हजार प्रदान गर्ने घोषणा पनि गरेका छन्।


बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले उद्घाटन गरेको प्रतियोगिताको समापनमा नगर प्रमुख वासुदेव थापाले विजयी टिमलाई पुरस्कार प्रदान गरेका थिए ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार