काठमाडौँ। नेपाली सङ्गीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ एक्स्ट्रिम इनर्जी ड्रिंकले ‘एक्स्ट्रिम म्युजिक सिरिज’ औपचारिक रूपमा सुरु गरेको छ।
अक्टोबर १० देखि सुरु भएको यस सिरिजले मौलिक सङ्गीत तथा नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ बिल्कुलै फरक अनुभव पस्कने लक्ष्य राखेको छ।
एक्स्ट्रिम इनर्जी ड्रिंकको अवधारणामा आधारित यस परियोजनाको व्यवस्थापन आर्बिट्ररी रेकर्ड्स र निर्माण एनएफटीपी (नर्थ फ्रम दिस प्लानेट) ले गरिरहेका छन्।
सिरिजअन्तर्गत प्रत्येक दुई सातामा एउटा नयाँ मौलिक गीत सार्वजनिक गरिनेछ। यी सम्पूर्ण गीत तथा सङ्गीत भिडियोहरू ‘एक्स्ट्रिम म्युजिक सिरिज’को आधिकारिक युट्युब च्यानलमार्फत हेर्न र सुन्न सकिने व्यवस्था मिलाइएको छ।
यस सिरिजको पहिलो सिजनमा यावेश, एसटीम्यान, भेक, व्योमा, ब्लुज, बिजेन, फोकटोनिक्स, डोङ र क्रिजेन गरी नौ जना प्रतिभावान कलाकारहरूको सहभागिता रहनेछ।
सहभागी प्रत्येक कलाकारले आफ्नो विशिष्ट सङ्गीत शैली र सिर्जनात्मक पहिचानमार्फत प्रस्तुत गर्दै सिरिजलाई अझ रोमाञ्चक बनाउने बताइएको छ।
परम्परागत शैलीभन्दा फरक रहेर नयाँ सङ्गीत प्रयोग, सिर्जनात्मक सहकार्य र स्वतन्त्र अभिव्यक्तिलाई प्रोत्साहन गर्न यो पहल अघि सारिएको हो।
यस अभियानमार्फत नेपाली सङ्गीत क्षेत्रका उदीयमान प्रतिभालाई उजागर गर्दै स्थानीय सङ्गीत संस्कृतिको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास आयोजकले लिएको छ।