काठमाडौँ । विश्व बाथरोग दिवस २०२६ को अवसरमा र्युमाटोलोजी एन्ड आर्थराइटिस सेन्टर, नक्साल, काठमाडौँको आयोजनामा बाथरोगसम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा सचेतना र्याली सम्पन्न भएको छ।
‘The first one is the second one-आफ्ना सपनाहरू पूरा गरौँ’ भन्ने नाराका साथ आयोजित कार्यक्रमले बाथरोगबारे जनचेतना अभिवृद्धि गर्ने, समयमै रोगको पहिचान तथा उपचारको महत्त्व बुझाउने र बाथरोगसम्बन्धी भ्रम हटाउने उद्देश्य राखेको थियो।
कार्यक्रममा बाथरोगलाई सामान्य जोर्नी दुखाइका रूपमा मात्र नलिई समयमै विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुपर्ने सन्देश दिइएको थियो।
उचित पहिचान, नियमित उपचार र चिकित्सकीय सल्लाहको पालना गर्न सके रोगबाट हुने जटिलता कम गर्न तथा जीवनको गुणस्तर सुधार गर्न सकिनेमा जोड दिइएको थियो।
कार्यक्रमका आयोजक र्युमाटोलोजी एन्ड आर्थराइटिस सेन्टर, नक्साल, काठमाडौं का तर्फबाट डा.अरुण कुमार गुप्ता, कन्सल्टेन्ट र्युमाटोलोजिस्ट तथा क्लिनिकल इम्युनोलोजिस्ट, ले बाथरोगसम्बन्धी जनचेतना फैलाउन, समयमै उपचार गर्न र विशेषज्ञ परामर्श लिन सबैलाई आग्रह गर्नुभएको छ।
बाथरोगसम्बन्धी सही जानकारी समुदायसम्म पुर्याउँदै रोगको समयमै पहिचान र उपचारप्रति जनचेतना बढाउनु नै विश्व बाथरोग दिवसको मुख्य सन्देश रहेको छ।