२०८३, कार्तिक १ गते

Switch TV Mode

शनिवार, कार्तिक १ गते २०८३

काठमाडौँ महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

शुक्रवार , आश्विन ३०, २०८३

काठमाडौं । काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई बिरामी भएको स्थानमा चाडो पुर्‍याउन बाइक एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । हाललाई यो सेवा काठमाडौं महानगरपालिकामा उपलब्ध छ ।

महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौं प्लाजाबाट सेवा शुभारम्भ गर्दै नेपाल एम्बुलेन्स सेवालाई दुईपाङ्ग्रे एम्बुलेन्स हस्तान्तरण गरेकी हुन् ।

सवारी जामका कारण बिरामीलाई तत्काल प्राथमिक उपचार गराउन चारपाग्रे एम्बुलेन्स समयमा पुग्न नसक्ने अवस्थामा बाइक एम्बुलेन्सको व्यवस्था गरिएको उनले बताए ।

बाइक एम्बुलेन्समा जाने इमर्जेन्सी मेडिकल टेक्निसियन (इएमटी)ले चारपाङ्ग्रे एम्बुलेन्स पुग्नुअघि बिरामीको प्राथमिक उपचार गर्ने र अवस्था थप बिग्रिन नदिने काम गर्नेछन् । त्यसपछि बिरामीलाई थप उपचारका लागि अस्पताल लगिनेछ ।

बाइक एम्बुलेन्स बिरामी बोक्ने सवारीसाधन नभई बिरामी भएको स्थानमा स्वास्थ्यकर्मीलाई छिटो पुर्‍याउने माध्यम हो । यो एम्बुलेन्स सेवा लिन १०२ नम्बरमा फोन गर्नुपर्नेछ ।

कार्यक्रममा नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष डा. अनिल श्रेष्ठले आकस्मिक स्वास्थ्य सेवामा काठमाडौँ महानगरपालिकाको लगानीले नागरिकको जीवन बचाउन योगदान पुर्‍याइरहेको बताए ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार