२०८३, कार्तिक २० गते

Switch TV Mode

बिहिवार, कार्तिक २० गते २०८३

क्यान्सर रोगका विरामीले के खाने, के नखाने ? (भिडियो अन्तर्वार्ता)

स्तन क्यान्सरको समयमै पहिचान भए उपचार सम्भव छः डा. अरुण शाही

सोमवार , आश्विन २६, २०८३

काठमाडौँ: स्तन क्यान्सर महिलामा देखिने प्रमुख क्यान्सरमध्ये एक हो। पछिल्लो समय नेपालमा स्तन क्यान्सरको समस्या बढ्दै गएको छ । स्तन क्यान्सर यहि कारणले हुन्छ भनेर भन्न नसकिएपनि बढ्दो उमेर, मोटोपन, बदलिँदो जीवनशैली, अस्वस्थ खानपान र स्क्रिनिङको कमीले नेपालमा स्तन क्यान्सरको जोखिम बढ्दैँ गएको मेडिकल अंकोलोजिस्ट डा. अरुण शाहीले बताउछन् ।

डा. शाहीका अनुसार स्तनका कोषिकाहरू असामान्य रूपमा वृद्धि हुँदा स्तन क्यान्सर हुने गर्छ। यो रोग महिलामा बढी देखिए पनि पुरुषमा समेत हुन सक्ने डा। शाहीको भनाइ छ ।

सुरुवाती अवस्थामा लक्षण नदेखिन सक्ने भएकाले स्तनमा हुने परिवर्तनबारे सचेत रहन उनको आग्रह छ ।

स्तनमा गाँठो देखिनु, स्तनको आकार वा बनावटमा परिवर्तन आउनु, निप्पल भित्रतिर धसिनु, निप्पलबाट रगत मिसिएको तरल पदार्थ निस्कनु तथा काखीमा गाँठो देखिनु स्तन क्यान्सरका प्रमुख लक्षण ह्न् ।  यस्ता लक्षण देखिएमा तुरुन्त अस्पतालमा गएर जाँच गराउन उनको सुझाव छ ।

उनका अनुसार अनुसार स्तन क्यान्सरको पहिचानका लागि स्तनको परीक्षण, म्यामोग्राफी, अल्ट्रासाउन्ड र आवश्यकताअनुसार बायोप्सी गरिन्छ।

बायोप्सीबाट लिइएको तन्तुको परीक्षणले क्यान्सर भए–नभएको पत्ता लगाउन सहयोग गर्छ।

स्तन क्यान्सरको जोखिम कम गर्न स्वस्थ तौल कायम राख्ने, नियमित शारीरिक गतिविधि गर्ने, मदिरा सेवन नगर्ने तथा उमेर र जोखिमअनुसार चिकित्सकको सल्लाहमा परीक्षण गराउन उनको सुझाव छ ।

स्तनमा नयाँ गाँठो वा अन्य असामान्य परिवर्तन देखिएमा दुखाइ नभए पनि स्वास्थ्य संस्थामा गई जाँच गराउन उनको अनुरोध छ ।

 स्तन क्यान्सरलाई लुकाउने वा उपचारमा ढिलाइ गर्ने प्रवृत्तिले रोग पहिचान र उपचारमा समस्या निम्त्याउन सक्ने भएकाले रोगको शंका लाग्न साथ परीक्षण गराउन उनको सुझाव छ ।

समयमै रोगको पहिचान र उचित उपचार गर्न सकेमा बिरामीको जीवन बचाउन सकिने डा. शाहीको भनाइ छ ।

स्तन क्यान्सरका लक्षण, सम्भावित कारण, जोखिमका पक्ष, परीक्षण, उपचार र रोकथामका उपायबारे केन्द्रित भई नेपालमञ्च डट कमका लागि तयार पारिएको भिडियो सामग्री  ।

सम्बन्धित विषय:

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार