२०८३, भाद्र ९ गते

Switch TV Mode

मंगलवार, भाद्र ९ गते २०८३

नेप्सेमा पाँच अंकको गिरावट

मंगलवार , भाद्र ९, २०८३

काठमाडौँ । मंगलबार शेयर बजार नेप्से घटेको छ । मंगलबार नेप्से ५.३० अङ्कले घटेको हो । आज विकास बैंक र निर्जीवन बीमााहेक सबै समूहको उपसूचक घटेको छ ।

आज १८६ वटा कम्पनीको शेयर घटेकोमा ७९ वटाको बढेको छ । आज धौलागिरि लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ । बजार सामान्य घटेको दिन सर्वाेत्तम पेन्ट्स र क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर १५ प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । आज ३५७ वटा कम्पनीको १ करोड ४ लाख कित्ता शेयर ४ अर्ब १० करोड रुपैयाँमा किनबेच भएको छ ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार