२०८३, भाद्र ९ गते

Switch TV Mode

मंगलवार, भाद्र ९ गते २०८३

भारतको सहयोगमा पुनर्निर्मित पाटनका दुई सम्पदा स्थल ‘कुमारी छेँ’ र ‘नयाँ कुमारी निवास’को उद्घाटन

मंगलवार , भाद्र ९, २०८३

ललितपुर। ललितपुरको पाटनमा पुनर्स्थापित सांस्कृतिक सम्पदा स्थल ‘कुमारी छेँ’ र ‘नयाँ कुमारी निवास’को उद्घाटन गरिएको छ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, प्रतिनिधिसभा सदस्य जगदीश खरेल र ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सोमबार संयुक्त रूपमा दुवै सम्पदाको उद्घाटन गरेका हुन्।

उद्घाटनका क्रममा उनीहरूले उद्घाटन पट्टिका अनावरण गर्नुका साथै परम्परागत समारोहमा सहभागिता जनाएका थिए। भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत करिब ५ करोड रुपैयाँको लागतमा कुमारी छेँ र नयाँ कुमारी निवासको पुनर्निर्माण गरिएको हो।

785603373_981813741539440_3429795726628125639_n.jpg
undefined

परियोजना नेपाल सरकारको शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन तथा आवास)ले कार्यान्वयन गरेको हो। यसको डिजाइन तथा परियोजना व्यवस्थापन परामर्श सेवा इन्डियन नेशनल ट्रस्ट फर आर्ट्स एन्ड कल्चरल हेरिटेजले उपलब्ध गराएको भारतीय दूतावासले जनाएको छ।

प्रतिनिधिसभा सदस्य खरेलले स्थानीय बासिन्दाको योगदानको प्रशंसा गर्दै जीवित सम्पदा स्थलको संरक्षणको महत्वमा जोड दिए। उनले सम्पदा पुनर्स्थापनामा भारत सरकारले गरेको सहयोगप्रति आभार व्यक्त गरे।

785282282_2296573034448042_7855453588346581558_n.jpg
undefined

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरलगायत विभिन्न जिल्लाका सांस्कृतिक सम्पदा पुनर्निर्माण तथा पुनर्स्थापनामा भारत सरकारले पुर्‍याएको योगदानको प्रशंसा गरे। उनले स्थानीय समुदायलाई सहयोग र सहकार्यका लागि धन्यवाद दिए।

भारतीय राजदूत श्रीवास्तवले नेपाल र भारतबीचको गहिरो सांस्कृतिक सम्बन्धको चर्चा गर्दै नेपालका ऐतिहासिक धरोहरको पुनर्स्थापनामा भारतको निरन्तर सहयोग रहने बताए। उनले पुनर्निर्मित संरचनाहरू दुई देशबीचको साझा सम्पदा र मित्रताको स्थायी प्रतीक बनेको उल्लेख गरे।

भारतीय दूतावासका अनुसार भारत सरकारले भूकम्पपछिको पुनर्निर्माण सहयोगअन्तर्गत नेपालका आठ जिल्लाका ३० वटा सांस्कृतिक सम्पदा स्थलको संरक्षणमा सहयोग गरेको छ।

784519195_2123406111603707_6286092891392903269_n.jpg
undefined

त्यस्तै, गोरखा र नुवाकोटमा ५० हजार निजी आवास, आठ जिल्लामा ८५ वटा शैक्षिक संस्था तथा ११ जिल्लामा १३३ वटा स्वास्थ्य संस्थाको पुनर्निर्माणमा समेत सहयोग गरेको जनाएको छ।

दूतावासले कुमारी छेँ र नयाँ कुमारी निवासको पुनर्स्थापना परियोजनाले भूकम्पपछिको पुनर्निर्माणमा नेपाल सरकारको प्रयासलाई सहयोग पुर्‍याउनुका साथै नेपाल र भारतबीचको विकास साझेदारीलाई प्रतिबिम्बित गरेको जनाएको छ।

785288041_1688227882254086_4262942022692566524_n.jpg
undefined

 

 

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार