२०८३, भाद्र ९ गते

Switch TV Mode

मंगलवार, भाद्र ९ गते २०८३

चिनियाँ नागरिकको कोठाबाट भेटियो स्रोत नखुलेको ३१ लाख

मंगलवार , भाद्र ९, २०८३

काठमाडौं । स्रोत नखुलेको ३१ लाख रुपैयाँसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । लागू औषध नियन्त्रण ब्यूरोका अनुसार काठमाडौं महानगरपालिका–१५, चौमतीमा घर भाडामा लिएर बस्दै आएका ५२ वर्षीय चिनियाँ नागरिकलाई सोमबार पक्राउ गरिएको हो ।

चिनियाँ नागरिकले घर भाडामा लिएर लागू औषध कारोबार गर्दै आएको विशेष सूचना पाएपछि ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनको कोठामा खानतलासी गरेको थियो ।

खानतलासीका क्रममा लागू औषध फेला नपरे पनि स्रोत नखुलेको ३१ लाख रुपैयाँ नगद र अन्य सामग्री बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनकोे साथबाट पासपोर्ट, सुन काट्न प्रयोग हुने कैँची, ह्याम्मर, डिजिटल तराजु, क्याल्कुलेटर, विभिन्न कम्पनीका चार थान मोबाइल तथा विभिन्न बैंकका चेकबुक बरामद गरेको छ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी परिसर काठमाडौंमा बुझाइएको लागू औषध नियन्त्रण ब्यूरोले जनाएको छ । प्रहरीकाअनुसार उनी यसअघि ६ पटक नेपाल आएर फर्किसकेका छन्। उनी पछिल्लो पटक जुलाई २३, २०२६ मा नेपाल आएको पाइएको छ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार