२०८३, श्रावण २७ गते

Switch TV Mode

बुधवार, श्रावण २७ गते २०८३

एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने मन्त्रिपरिषदको निर्णय

मंगलवार , श्रावण २६, २०८३

काठमाडौं । सरकारले एनसेलको सेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले पूर्व महालेखापरीक्षक टङ्कमणि शर्मा ढङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद–बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन २०८० सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेले जानकारी दिए ।

त्यस्तै बैठकले पोर्चुगल सरकारलाई काठमाडौँमा काउन्सिलर कार्यालय खोल्न सहमति दिने निर्णय गरेको छ । बैठकले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा निर्मल कुमार उप्रेती (बारा) लाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार