२०८३, श्रावण २५ गते

Switch TV Mode

सोमवार, श्रावण २५ गते २०८३

एसीसी प्रिमियर कपका लागि सन्दीप लामिछानेको नेतृत्वमा १४ सदस्यीय नेपाली टोली घोषणा

सोमवार , श्रावण २५, २०८३

काठमाडौँ । नेपाल क्रिकेट संघ(क्यान)ले मलेसियामा हुने एसीसी प्रिमियर कपका लागि सन्दीप लामिछानेको नेतृत्वमा १४ सदस्यीय नेपाली टोली घोषणा गरेको छ । क्यानले सोमबार लामिछानेको कप्तानीमा नेपाली टोली घोषणा गरेको हो ।

टोलीमा सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सुन्दीप जोरा, बशीर अहमद, ईशान पाण्डे, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी छन् । प्रतियोगिता मलेसियामा अगस्ट ३० देखि सेप्टेम्बर १२ सम्म सञ्चालन हुने जनाइएको छ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार