२०८३, मंसिर १४ गते

Switch TV Mode

आइतवार, मंसिर १४ गते २०८३

Advertisement

Advertisement

मेगा कलेजका व्यवस्थापन र मानविकी संकायका विद्यार्थी दीक्षित

शनिवार , मंसिर १३, २०८३

ललितपुर । मेगा कलेज, कुमारीपाटी ललितपुरले व्यवस्थापन र मानविकी संकायअन्तर्गत स्नातक तहको अध्ययन पूरा गरेका विद्यार्थीलाई दीक्षित गरेको छ। कलेजले शनिबार धुलिखेलस्थित स्काई गार्डेन रिसोर्टमा दीक्षान्त समारोह आयोजना गरी बीबीएस, बीबीएम तथा बीसीए कार्यक्रम पूरा गरेका विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेको हो।

समारोहमा संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेले विद्यार्थीलाई निजी क्षेत्रसँगै निजामती सेवामा समेत प्रवेश गरी मुलुकको प्रशासनिक तथा व्यवस्थापकीय नेतृत्वमा योगदान पुर्याउन आग्रह गरे। उनले नेपालमै हासिल गरेको शिक्षा, ज्ञान र सीपलाई राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा कलेजका प्राचार्य डा. घनश्यामप्रसाद साहले विद्यार्थीलाई थप उच्च शिक्षा हासिल गर्दै उद्यमशीलता र रोजगारी सिर्जनामा अग्रसर हुन आग्रह गरे। शिक्षालाई समाज परिवर्तन र राष्ट्र विकाससँग जोड्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रमका मुख्य वक्ता एसियाली विकास बैंक (एडीबी) तथा विश्व बैंकका सल्लाहकार डा. तेजबहादुर कार्कीले विद्यार्थीलाई राष्ट्रिय सीमाभन्दा बाहिर पनि आफ्नो ज्ञान र सीप प्रयोग गरी अन्तर्राष्ट्रिय स्तरमा योगदान पुर्याउन प्रेरित गरे।

त्यसैगरी, त्रिभुवन विश्वविद्यालयका प्राध्यापकद्वय डा. दीपक कुमार गुप्ता र डा. निरज बरालले निरन्तर अध्ययन, अनुसन्धान र व्यावसायिक दक्षता अभिवृद्धिमा जोड दिए। उनीहरूले विद्यार्थीले भविष्यमा विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
कलेजका उपप्राचार्य लोकनाथ चापागाईंले स्वागत मन्तव्य राख्दै विद्यार्थीको उज्ज्वल भविष्यको कामना गरे।

कलेजले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि भौतिक पूर्वाधार विकास, प्राध्यापक थप, अनुसन्धान तथा उद्यमशीलतामूलक शिक्षालाई प्राथमिकता दिँदै आएको जनाएको छ। कलेजमा स्नातकोत्तर तहका एमबीए तथा एमबीएस कार्यक्रमसमेत सञ्चालनमा रहेकाले विद्यार्थीलाई थप उच्च शिक्षाका लागि कलेजमै आबद्ध हुन प्रोत्साहित गरिएको छ।

   

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार