२०८३, मंसिर ७ गते

Switch TV Mode

आइतवार, मंसिर ७ गते २०८३

परराष्ट्रमन्त्री खनाल र जापानी उपविदेशमन्त्री फुजीबीच भेटवार्ता

शनिवार , मंसिर ६, २०८३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जापानका विदेश मामिलासम्बन्धी संसदीय उपमन्त्री काजुहिरो फुजीसँग भेटवार्ता गरेका छन् ।
शनिबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

भेटका क्रममा मन्त्री खनालले जापानी उपविदेशमन्त्री फुजीलाई नेपालमा स्वागत गर्दै हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि जापान सरकारले तत्काल राहत तथा सहयोग उपलब्ध गराएकोमा आभार व्यक्त गरे । उनले बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका क्रममा समेत सहयोग गर्न जापानले देखाएको तत्परताका लागि धन्यवाद दिएका थिए ।

भेटमा दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउने तथा आपसी सहकार्यका क्षेत्र विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको जनाइएको छ ।

जापानी उपविदेशमन्त्री फुजी नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका अवसरमा दरबारमार्गमा आयोजना हुने नेपाल–जापान महोत्सवमा सहभागी हुन दुईदिने नेपाल भ्रमणमा आएका हुन् । महोत्सव काठमाडौं महानगरपालिका र नेपालस्थित जापानी राजदूतावासको संयुक्त आयोजनामा हुँदैछ ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार