२०८३, मंसिर ८ गते

Switch TV Mode

सोमवार, मंसिर ८ गते २०८३

राष्ट्रिय एकता र सद्भावको सन्देशसहित अमरेश सिंहको मेची–महाकाली यात्रा सुरु

सोमवार , मंसिर १, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले ६० दिने मेची–महाकाली पैदल यात्रा सुरु गरेका छन् ।
सोमबार जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणबाट रास्वपा सभापति रवि लामिछानेको प्रमुख आतिथ्यमा पदयात्राको शुभारम्भ गरिएको हो ।

शुभारम्भ कार्यक्रममा सांसदहरू रविन्द्र पटेल, मनीष झा, पुरुषोत्तम यादव र विनोद यादवसहित रास्वपाका नेताहरूको उपस्थिति थियो ।
सर्लाही–४ बाट निर्वाचित सांसद सिंहले देशमा शान्ति स्थापना, राष्ट्रिय एकता सुदृढीकरण तथा नागरिकबीच आपसी सद्भाव र भाइचारा कायम गर्ने उद्देश्यले यात्रा सुरु गरिएको बताएका छन् ।

पदयात्राका क्रममा सुरक्षा, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र सुशासनका विषयलाई प्राथमिकताका साथ उठाइने उनले बताएका छन् ।
यात्राका क्रममा गाउँबस्तीमा पुगेर स्थानीयका समस्या सुन्ने, जनताको आवाज बुझ्ने र समाधानका लागि पहल गर्ने सिंहको भनाइ छ ।

६० दिनसम्म सञ्चालन हुने यस पदयात्रालाई उनले जनतासँग प्रत्यक्ष जोडिने र राष्ट्रिय एकता तथा समृद्धिका लागि अघि बढाइएको अभियानका रूपमा व्याख्या गरेका छन् ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार