२०८३, मंसिर ८ गते

Switch TV Mode

सोमवार, मंसिर ८ गते २०८३

प्रधानमन्त्रीसँगको भेटपछि भारतीय विदेशमन्त्रीले भने– नेपालसँगको विशेष मित्रता भारतका लागि महत्वपूर्ण

आइतवार , मंसिर ७, २०८३

काठमाडौँ । भारतका विदेशमन्त्री एस. जयशंकरले नेपालका प्रधानमन्त्री बालेन्द्र साहसँग नयाँदिल्लीमा भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री साहसँग आइतबार साँझ भेटवार्ता गरेपछि जयशंकरले सामाजिक सञ्जालमार्फत ँदै नेपालका प्रधानमन्त्रीसँग भेट गर्न पाउँदा खुसी लागेको बताएका हुन् ।

उनले लेखेका छन्, आज साँझ नयाँ दिल्ली भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन साहसँग भेट गर्न पाउँदा खुसी महसुस गरेको छु ।’ उनले भारतले नेपालसँगको विशेष मित्रतालाई महत्व दिने उल्लेख गर्दै प्रधानमन्त्री साहको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेट तथा अन्य कार्यक्रमका लागि आफू उत्सुक रहेको बताएका छन् ।

प्रधानमन्त्री साह भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा दुई दिने राजकीय भ्रमणका लागि भारत पुगेका हुन् । प्रधानमन्त्री साह र मोदीबीच सोमबार द्विपक्षीय वार्ता हुने कार्यक्रम छ ।

 

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार