२०८३, मंसिर ८ गते

Switch TV Mode

सोमवार, मंसिर ८ गते २०८३

धरानमा स्कार्पियोबाट ४९९ किलो गाँजा बरामद

आइतवार , मंसिर ७, २०८३

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित सेउती पुलबाट प्रहरीले ४९९ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
शनिबार राति ११ः३० बजे सवारीसाधन जाँच गर्ने क्रममा भारतीय नम्बर प्लेटको स्कार्पियोबाट उक्त पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकी तीनकुने धरानबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले स्कार्पियो जाँच गर्दा ४९९ किलो गाँजा फेला पारेको थियो ।

प्रहरीले स्कार्पियो र त्यसका चालक मोरङको विराटनगर महानगरपालिका–१३ निवासी ३२ वर्षीय अजय कुमार साहलाई नियन्त्रणमा लिएको जनाएको छ ।

बरामद लागूऔषध, सवारीसाधन र पक्राउ परेका चालकलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिएका छन् ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार