काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई १५६ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट रंगशालामा जारी खेलमा सुदूरश्चिमले टस जितेर फिल्डिङ रोजेपछि लुम्बिनीले पहिले ब्याटिङ गरेको हो । पहिलो इनिङमा लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनायो ।
लुम्बिनीका लागि दिलिप नाथले ३९ रन बनाए । ३१ बलको सामना गरेका उनले ३ छक्का प्रहार गरे । त्यसैगरी, लुम्बिनीका कप्तान रोहित पौडेलले ३१ बलमा ३० रनको योगदान गरे । निरोशन डिकवेलाले १७ बलमा २८ रन, अली शेखले १२ बलमा २४ रन र डार्सी सर्टले १८ बलमा २१ रन बनाए ।