काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेलमा सुदूरपश्चिमले पहिले बलिङ गर्ने भएको छ । सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।