२०८३, कार्तिक ३० गते

Switch TV Mode

आइतवार, कार्तिक ३० गते २०८३

पर्सामा पटाका पड्काउँदा ८ वर्षीय बालकको मृत्यु

सोमवार , कार्तिक २४, २०८३

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका २ मा पटाका पट्काउने क्रममा छर्रा लागेर एक बालकको मृत्यु भएको छ । आज बिहान आठ बजे स्थानीय रामगुलाम सहनीका ८ वर्षीय छोरा कुन्दन सहनी आफ्नै घरअगाडि पटाका पट्काउने क्रममा पटकाको छर्रा छातीको बीच भागमा लागेर घाइते भएका थिए ।

घाइते बालकलाई उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएकोमा चिकित्सकले बिहान ८ः४५ बजे मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार