२०८३, कार्तिक ३० गते

Switch TV Mode

आइतवार, कार्तिक ३० गते २०८३

कांग्रेसको आधिकारिकतामा अदालतबाट न्याय पाउने देउवाको विश्वास

शनिवार , कार्तिक २९, २०८३

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकताका विषयमा अदालतबाट आफूहरूले न्याय पाउने बताएका छन् ।

शनिबार पार्टीको ललितपुर जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै देउवाले सर्वोच्च अदालतले अन्तिम निर्णयले आफूहरुलाई न्याय मिल्ने बताएका हुन् । उनले भने, ‘मलाई विश्वास छ, न्याय हुन्छ, हुन्छ, हुन्छ। यो पार्टी हाम्रो हो, हाम्रै रहन्छ, कतै जाँदैन ।’ देउवाले राजाको पालामा समेत निष्पक्ष फैसला गर्ने अदालतले अहिले पनि निष्पक्ष फैसला गर्ने बताए ।

देउवाले आफूलाई ५ पटक प्रधानमन्त्री बनाएको पार्टीका लागि ज्यान दिन तयार रहेकोसमेत बताए । उनले भने, ‘पाँच पटक प्रधानमन्त्री भइसकेँ, मलाई अब केही हुनु छैन । जुन पार्टीले मलाई पाँच पटक प्राइममिनिस्टर बनायो त्यो पार्टीका लागि ज्यान दिन पनि तयार हुनुपर्छ ।’

उनले विशेष महाधिवेशन गर्दा गगन थापाहरुले आफूसँग कुनै सल्लाह नगरेको बताए । उनले भने, ‘पार्टी सभापति मै छु, मलाई थाहै छैन। विशेष महाधिवेशन गरेर गगन थापा सभापति भइसक्नुभएको रहेछ । नेपाली कांग्रेस नेपाली जनताले बनाएको पार्टी हो । जनताका प्रतिनिधिबाहेक कसैले हाइज्याक गर्न सक्दैन ।’

जेनजीका नाममा आफूहरूमाथि षड्यन्त्र भएको भन्दै देउवाले सुरक्षाकर्मी नभएको भए आफ्नो हत्या हुने बताए ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार