२०८३, कार्तिक ३० गते

Switch TV Mode

आइतवार, कार्तिक ३० गते २०८३

विराटनगरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा

शनिवार , कार्तिक २९, २०८३

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)मा लुम्बिनी लायन्सले आफ्नो स्थानमा सुरक्षित गरेको छ । शनिबार भएको खेलमा विराटनगर  किंग्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफमा पुगेको हो ।

जितको लागि १६७ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले १९.५ ओभरमा ६  विकेटको क्षतिमा १६८ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । लुम्बिनीको लागि किशोर महतोले ४ ओभरमा २४ रन दिएर २ विकेट लिँदा रुबिन ट्रम्पल्म्यान र अभिशेष गौतमले समान एक÷एक विकेट लिए ।

जितसँगै लुम्बिनी ७ खेलबाट ११ अंक जोड्दै  शीर्ष स्थानमा रहेर प्लअफमा पुग्दा विराटनगर समान खेलबाट ६ अंक जोड्दै पाँचौ स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि त्रिवि क्रिकेट मैदानमा भएको  खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १६६ रन बनाएको थियो । 

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार