२०८३, भाद्र ९ गते

Switch TV Mode

मंगलवार, भाद्र ९ गते २०८३

गण्डकी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाउने एमालेको निर्णय

मंगलवार , भाद्र ९, २०८३

गण्डकी । नेकपा एमालेले गण्डकी प्रदेश सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ । मंगलबार बसेको संसदीय दलको बोर्ड बैठकले यस्तो निर्णय गरेको दलका उपनेता लिलबहादुर थापा मगरले जानकारी दिए ।

'एमालेका मन्त्रीले राजीनामा बुझाउने तयारी भइरहेको छ', उनले भने, 'नयाँ परिस्थितिमा कसरी अगाडि बढ्ने विषयमा नेपाली कम्युनिष्ट पार्टीलगायत अन्य दलहरुसँग एमालले संवाद सुरु गर्छ ।'

एमाले र नेकपाबीच अन्य प्रदेशमा सत्ता सहकार्य सुरु भइसकेका सन्दर्भमा गण्डकी प्रदेशमा पनि सरकार निर्माणका लागि दुई दल मिलेर पहल अगाडि बढाइने उनले भनाइ छ ।

नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारमा एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा भीम कार्की, उद्योग तथा पर्यटन मन्त्रीमा यशोदा रिमाल र स्वास्थ्य मन्त्रीमा लक्ष्मण पाण्डे रहेका छन् । गत वैशाख २ गते भएको मन्त्रिपरिषद् हेरफेरका क्रममा उनीहरु मन्त्रीको जिम्मेवारीमा पुगेका थिए ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार