२०८३, भाद्र ९ गते

Switch TV Mode

मंगलवार, भाद्र ९ गते २०८३

चितवनमा कारको डिक्कीमा लुकाएर राखेको १६८ किलो गाँजा बरामद

मंगलवार , भाद्र ९, २०८३

चितवन । प्रहरीले चितवनबाट १६८ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राप्ती नगरपालिका–१० चिप्लेटीस्थित भित्री सडकबाट पूर्व–पश्चिम राजमार्गतर्फ जाँदै गरेको कारलाई जाँच गर्दा गाँजा बरामद भएको हो ।

गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बा.प्र. ०३–०१–०२३ च ५८२८ नम्बरको कार रोकेर खानतलासी गर्दा कारको पछाडिको डिक्कीमा लुकाएर राखिएको अवस्थामा गाँजा फेला पारेको थियो ।

प्रहरीका अनुसार रातो प्लास्टिकमा प्याक गरी सेतो पानी टेपले बेरिएका चारपाटे आकारका १२ वटा पोकामा गाँजा राखिएको थियो । ती पोकाबाट १६८ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

घटनामा कार चालक दिल्लीराम थारु र कारमा सवार कर्णबहादुर तामाङलाई पक्राउ गरिएको छ ।
पक्राउ परेका दुवै जनालाई चितवन जिल्ला अदालतमा उपस्थित गराई चार दिनको म्याद थप गरिएको छ । उनीहरूमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार