२०८३, श्रावण २७ गते

Switch TV Mode

बुधवार, श्रावण २७ गते २०८३

लुम्बिनीमा सरकार गठनका लागि तीन दलबीच दुई बुँदे सहमति

बुधवार , श्रावण २७, २०८३

काठमाडौँ । लुम्बिनी प्रदेशमा सरकार बनाउन नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र नेकपा (मसाल) बीच तीन बुँदे सहमति भएको छ ।

बुधबार तीन दलबीच लुम्बिनी प्रदेश सरकार गठनसहित राष्ट्रिय राजनीतिक विषयमा सहकार्य गर्ने सहमति भएको हो । सहमतिमा तीन दलका शीर्ष नेताले दुई बुँदे सहमतिमा हस्ताक्षर गरेका छन्। सहमतिको पहिलो बुँदामा लुम्बिनी प्रदेश सरकार गठन र त्यस प्रदेशका विकास निर्माणका कार्यमा सहकार्य गर्ने उल्लेख गरिएको छ ।

यस्तै, दोस्रो बुँदामा राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रका पक्षमा तथा प्रतिगमनविरुद्ध हुने आन्दोलनमा सहकार्य गर्ने सहमति गरिएको छ । यो सहमतिबाट लुम्बिनी प्रदेश सरकार गठनमा तीन दलबीच सहकार्यको आधार तयार गरेको छ। सहमतिअनुसार लुम्बिनीको मुख्यमन्त्रीमा एमालेले निरन्तरता पाउनेछ। ८३ सदस्यीय प्रदेश सभामा सरकार बनाउन ४२ सांसद आवश्यक पर्छन् ।

एमाालेसँग २९ र नेकपासँग १३ सांसद छन् । जनमोर्चासँग १ जना सांसद छन् । कांग्रेस बाहिरिएसँगै मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ १ गते विश्वासको मत लिने तयारी गरेका छन्।

 

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार