२०८३, श्रावण २७ गते

Switch TV Mode

बुधवार, श्रावण २७ गते २०८३

पत्नीको शरीरमा पेट्रोल छर्केर आगो लगाउने पति पक्राउ

बुधवार , श्रावण २७, २०८३

कर्णाली । पत्नीको शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्ने पतिलाई पक्राउ गरिएको छ । भेरीगंगा नगरपालिका–१३ सुर्खेत रामघाट निवासी ५० वर्षीय महेश्वरी रानालाई शरीरमा पेट्रोल छर्केर आगो लगाउने उनका पति ४९ वर्षीय जयबहादुर रानालाई प्रहरीले पक्राउ गरेको हो । 

मङ्गलबार बेलुका ५ बजे शरीरमा पेट्रोल छरी आगो सल्काएको अवस्थामा १८ वर्षीया छोरी पुष्पा रानाले आमाको शरीरमा लागेको आगो निभाएकी हुन् । तत्काल शरीरको आगो निभेपछि छोरी पुष्पाले आमाको उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउ सुर्खेत पुर्‍याएका थिए ।

अनुहार, घाँटी र शरीरको विभिन्न भागमा करिब ३६ प्रतिशत जलेको अवस्थामा रानालाई अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका  प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिए ।

उनका अनुसार महेश्वरीलाई थप उपचारका लागि मङ्गलबार नेपालगन्ज सिफारिस (रेफर) गरिएको र त्यहाँ पनि सम्भव नहुने देखिएपछि राति ११:३० बजे भारतको लखनउ रेफर गरिएको छ ।

 

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार