२०८३, श्रावण २६ गते

Switch TV Mode

मंगलवार, श्रावण २६ गते २०८३

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

मंगलवार , श्रावण २६, २०८३

जनकपुरधाम । वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन भएको छ । बिमलको ७९ वर्षको उमेरमा राति पौने १ बजे निधन भएको उनका कान्छा छोरा डा.विभाष लाभले जानकारी दिएका छन् ।

उनका अनुसार सोमबार राति साढे ११ बजेतिर कुराकानी गर्दागर्दै बिमल अचानक बिरामी परेका थिए । उपचारको लागि नजिकै अस्पतालमा लगिएको थियो ।

उपचारको क्रममै उनको निधन भएको हो । बिमल नेपाली, मैथिली, अंग्रेजी भाषामा थुप्रै साहित्यिक विद्यामा कलम चलाएका छन् । उनी जगदम्बा श्री पुरस्कार, मधुपर्कलगायत थुप्रै सम्मानबाट विभूषित छन् ।

 

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार