२०८३, मंसिर १२ गते

Switch TV Mode

शुक्रवार, मंसिर १२ गते २०८३

देउवा समूहलाई शाहीको आग्रहः कांग्रेस सबैलाई समेट्न तयार छ

शुक्रवार , मंसिर १२, २०८३

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री जीवनबहादुर शाहीले पार्टी फुटेर होइन जुटेर जान आह्वान गरेका छन् । १५ औं महाधिवेशनबाट गगन थापा नेतृत्वको कांग्रेसलाई निर्वाचन आयोगले अद्यावधिक गरेपछि सहमहामन्त्री शाहीले सबैलाई एकजुट हुन आग्रह गरेका हुन् ।

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समानान्तर गतिविधि गरिरहेको बेला शाहीले नेपाली कांग्रेस सबैलाई समेटेर लैजान तयार रहेको बताए ।

‘सबै मिलाएर लिन कांग्रेस तयार छ,’ सहमहामन्त्री शाहीले सामाजिक सञ्जालमार्फत आह्वान गर्दै लेखका छन्, ‘सबै जुटौ कोही नफुटौं ।’ शाहीले समानान्तर गतिविधि गरिरहेका देउवा समूहका नेताहरुलाई लक्षित गर्दै सबैलाई समेटेर लैजान तयार रहेको बताएका हुन् । १४ औं महाधिवेशनमा देउवा समूहबाट सहमहामन्त्री लडेका शाही कर्णालीका पूर्व मुख्यमन्त्री पनि हुन् ।

त्यसैगरी सहमहामन्त्री शाहीले होल्डिङ सेन्टरबाट सुकुम्बासी नागरिकलाई हट्न दिईएको सरकारी उठिबासको सूचना एवम् निर्देशनले गरिब तथा भूमिहीन नागरिकको आवासको अधिकार र राज्यको दायित्वमाथि गम्भीर प्रश्न खडा गरेको बताएका छन् ।

शाहीले गरिब तथा भूमिहीन नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकार एवम् उचित वैकल्पिक व्यवस्था र दीर्घकालीन पुनस्र्थापनाको सुनिश्चितता नगरी नागरिकलाई विस्थापित गर्नु कुनै पनि दृष्टिले न्यायोचित हुन नसक्ने बताए । ‘नागरिकलाई समस्याबाट मुक्त गराउनु राज्यको दायित्व हो,’ शाहीले भने ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

advertisement

advertisement

images
images