२०८३, मंसिर ९ गते

Switch TV Mode

मंगलवार, मंसिर ९ गते २०८३

अनुपजंग थापा रथीमा बढुवा, प्रधानसेनापति सिग्देलद्वारा दर्ज्यानी चिन्ह प्रदान

मंगलवार , मंसिर ९, २०८३

काठमाडौँ । नेपाली सेनाका उपरथी अनुपजंग थापा रथी दर्जामा पदोन्नति भएका छन्। प्रधान सेनापति महारथी अशोक राज सिग्देलले मंगलबार जङ्गी अड्डामा आयोजित कार्यक्रममा थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। मंसिर ४ गते बसेको मन्त्रिपरिषद् बैठकले थापालाई रथी दर्जामा बढुवा गर्ने निर्णय गरेको थियो।

सोही कार्यक्रममा उपरथीमा बढुवा भएका सहायक रथी मनोज थापा, सहायक रथीमा बढुवा भएका प्राविधिक महासेनानी जगत शाह, महासेनानी पंकज रावल र महासेनानी शितल बानियाँलाई पनि प्रधान सेनापति सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरे।

त्यसैगरी, महासेनानी दर्जामा पदोन्नति भएका प्राविधिक प्रमुख सेनानी अरविन्द श्रेष्ठलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, विभिन्न तहका अधिकृत तथा पदोन्नति भएका अधिकारीका परिवारजनको उपस्थिति रहेको थियो।

   

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार