२०८३, मंसिर ९ गते

Switch TV Mode

मंगलवार, मंसिर ९ गते २०८३

गगनको प्रश्नः अध्यादेशको शासनविरुद्ध हामी चुप भएर बस्ने ?

मंगलवार , मंसिर ९, २०८३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारलाई पाँच वर्ष नै निर्बाध रूपमा काम गर्न दिनुपर्ने बताएका छन् । मंगलबार पार्टीको कांग्रेस केन्द्रीय समिति बैठकमा सभापति थापालेतर, सरकारका गलत निर्णय र कामकारबाहीमा कांग्रेस मौन नबस्ने बताएका हुन् । उनले प्रतिपक्षी दलका रूपमा कांग्रेसले सरकारसँग आवश्यकताअनुसार सहकार्य, खबरदारी र प्रतिरोध गर्ने बताए ।

उनले सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको भन्दै त्यसप्रति आपत्ति जनाए । अध्यादेश जारी गरेर त्यसकै आधारमा काम गर्ने प्रवृत्ति स्थापित गर्न खोजिएको उनको आरोप थियो ।

उनले भने, ‘अध्यादेश ल्याएर राष्ट्रपति कार्यालयमा फालिदिने प्रचलन बन्यो । यसरी अध्यादेशको शासनविरुद्ध हामी चुप भएर बस्ने ?’ सभापति थापाले प्रधानमन्त्री बालेन साहको भारत भ्रमणबाट दीर्घकालीन महत्त्वका उपलब्धि हासिल भएको नदेखिएको टिप्पणी गरे ।

भ्रमणबारे हतारमा निष्कर्ष नदिने बताए पनि दीर्घकालीन महत्त्वका केही काम भएको नदेखिएको उनको भनाइ थियो । ‘हामी हतारमा प्रधानमन्त्रीको भारत भ्रमणबारे बोल्दैनौँ, तर दीर्घकालीन महत्त्वका केही काम भएजस्तो देखिएन,’ उनले भने । उनले प्रधानमन्त्रीले भारत भ्रमणका उपलब्धिबारे स्पष्ट जानकारी गराउनुपर्ने बताए ।

भदौ २४ गतेका घटनासँग सम्बन्धित विषयमा अध्यादेश ल्याइएको भए त्यसको औचित्यबारे प्रधानमन्त्रीले राष्ट्रपतिलाई स्पष्ट पार्नुपर्ने उनको भनाइ थियो । विगतमा अध्यादेश जारी भएपछि प्रतिस्थापन विधेयक ल्याउने अभ्यास भए पनि अहिले त्यसको समेत आवश्यकता नदेखिएको भन्दै उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाए ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार