२०८३, मंसिर ९ गते

Switch TV Mode

मंगलवार, मंसिर ९ गते २०८३

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलवार , मंसिर ९, २०८३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ । 
 
युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ४८ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १९५ रुपैयाँ ३५ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७६७ रुपैयाँ ५२ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९८ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ०१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०३ रुपैयाँ ९७ पैसा, सिंगापुर डलर एकको खरिददर ११५ रुपैयाँ ०५ पैसा र बिक्रीदर ११५ रुपैयाँ ५१ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २६ पैसा र बिक्रीदर २२ रुपैयाँ ३५ पैसा तोकिएको छ । 

साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७० पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ७० पैसा र बिक्रीदर ४० रुपैयाँ ८६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३६ पैसा र बिक्रीदर चार रुपैयाँ ३८ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ३९ पैसा र बिक्रीदर ४० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । 

मलेसियन रिंगेट एकको खरिददर ३५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३६ रुपैयाँ १३ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ०३ पैसा र बिक्रीदर ११ रुपैयाँ ०७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४ रुपैयाँ ५८ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ७८ पैसा र बिक्रीदर २१ रुपैयाँ ८७ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १९ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४८० रुपैयाँ २८ पैसा र बिक्रीदर ४८२ रुपैयाँ २३ पैसा कायम गरेको छ । 

बहराइन दिनार एकको खरिददर ३९३ रुपैयाँ २७ पैसा बिक्रीदर ३९४ रुपैयाँ ८६ पैसा, ओमनी रियाल एकको खरिददर ३८५ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ९० पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । 

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार