२०८३, मंसिर ८ गते

Switch TV Mode

सोमवार, मंसिर ८ गते २०८३

इलाममा आजदेखि सूर्योदय चिया महोत्सव

शनिवार , मंसिर ६, २०८३

इलाम । इलाममा आजदेखि दुई दिने ‘प्रथम सूर्योदय चिया महोत्सव–२०८३’ हुँदैछ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सूर्योदय नगरपालिका, कोशी प्रदेश सरकार र पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको साझेदारीमा सूर्योदय नगरपालिकास्थित कन्याममा महोत्सव सुरु हुँदैछ । 

महोत्सवको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातारणमन्त्री खिनु लङ्वा (लिम्बू)ले गर्ने कार्यक्रम छ । चिया पर्यटन प्रवर्द्धन गर्न र सूर्योदय नगरपालिकामा निर्माणाधीन चिया पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यले कार्यक्रम तय गरिएको सूर्योदय चिया महोत्सव कार्यक्रम व्यवस्थापन समिति संयोजक एवं १० नं वडाध्यक्ष पेमा उगेन लामाले बताए। 

‘चिया पर्यटन प्रवर्द्धन गर्न र सूर्योदय नगरपालिकामा निर्माणाधीन चिया पदमार्गको प्रचारप्रसार गर्ने उद्देश्यले पहिलोपटक महोत्सव आयोजना गर्न लागिएको हो’, उनले भने, ‘यहाँ आन्तरिक र बाह्य गरी १० हजार बढी पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।’

आइतबारसम्म सञ्चालन हुने महोत्सवमा महोत्सवमा ‘टि ट्रेल रेस’, चियासम्बन्धी अन्तरसंवाद, चिया प्रवर्द्धन तथा स्वाद परीक्षण, चियाबारी ट्रेल पदयात्रा, स्थानीय खाना तथा परिकारका प्रदर्शनी र सांस्कृतिक झाँकी प्रस्तुत हुनेछन् । त्यस्तै, स्थानीय खाद्य परिकारको कक्षसहित सूर्योदय नगरपालिका क्षेत्रभित्र उत्पादन हुने विभिन्न ब्राण्डका चियाको प्रदर्शनी, टेस्टिङ र बजारीकरणको व्यवस्था गरिने संयोजक लामाले बताए।  

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार