२०८३, कार्तिक २२ गते

Switch TV Mode

शनिवार, कार्तिक २२ गते २०८३

झापामा चिया बगानबाट ५५७ किलो गाँजा बरामद

शुक्रवार , कार्तिक २१, २०८३

झापा । प्रहरीले झापाको मेचीनगर नगरपालिका–५ सिर्जना चोकस्थित चिया बगानबाट ५५७ किलो गाँजा बरामद गरेको छ ।

शुक्रबार बिहान ७ः५० बजेको समयमा स्थानीय टेकेन्द्र थापाको व्यक्तिगत चिया बगानमा बेवारिसे अवस्थामा गाँजा राखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली गएर खोजतलास गर्ने क्रममा १३ पोका गाँजा फेला परेको थियो ।

बरामद गाँजाको प्लास्टिकसहित तौल गर्दा ५६२ केजी ८०० ग्राम र प्लास्टिकबाहेक ५५७ केजी रहेको प्रहरीले जनाएको छ । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार