२०८३, कार्तिक १४ गते

Switch TV Mode

शुक्रवार, कार्तिक १४ गते २०८३

भुटानमा हिमताल विस्फोटको आशंका, मो छु नदीमा ठूलो बाढी(फोटोफिचर)

शुक्रवार , कार्तिक १४, २०८३

काठमाडौं । भुटानको शिंताफू हिमताल फुटेका आशंका गरिएको छ । हिमतालबाट अचानक ठूलो परिमाणमा पानी बाहिरिएपछि आएको बाढीले सडक बगाएको छ ।

बाढीले लाया जोखांग सडकको एक खण्डमा क्षति पुर्याएपछि यातायात बन्द गरिएको छ । भुटानका अधिकारीहरूले जोखिमयुक्त क्षेत्रका बासिन्दालाइ सुरक्षित स्थानमा लैजान आग्रह गरेका छन् ।


पुनाखास्थित मो छु नदीमा गएराति आएको आकस्मिक बाढीले सौर्य ऊर्जाबाट सञ्चालित सिँचाइ प्रणालीमा आंशिक क्षति पुर्याएको छ । गुमा गेओगअन्तर्गत दोछुखा–जोमलिङथाङ–रित्सा चिउवोगमा रहेको उक्त सिँचाइ प्रणाली बाढीका कारण क्षतिग्रस्त भएको हो ।

bhutan himtal (1).png
bhutan himtal (1).jpg

भुटानमा हिमताल विस्फोट भएपछि आएको बाढीको जोखिमलाई मध्यनजर गर्दै भारतको पश्चिम बंगालस्थित डुवर्स क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

राज्यका अधिकारीहरूका अनुसार शुक्रबार उत्तर बंगालको डुवर्स क्षेत्रका केही स्थानमा सतर्कता जारी गरिएको छ । हिमताल विस्फोटको वास्तविक आकार र त्यसले तल्लो तटीय क्षेत्रमा पार्न सक्ने प्रभावबारे भने तत्काल स्पष्ट हुन सकेको छैन ।

bhutan himtal (3).jpg

भुटानी सञ्चारमाध्यमका अनुसार गासा जिल्लास्थित वाकिला पर्वतको फेदीमा रहेको शिन्ताफु हिमताल विस्फोट भएको हो । भुटान ब्रोडकास्टिङ सर्भिस (बीबीएस) ले सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको जनाएको छ । शिन्ताफु ताललाई भुटानका सम्भावित जोखिमयुक्त हिमतालमध्ये एक मानिन्छ।

bhutan himtal (4).jpg

भारतको पश्चिम बंगालमा पनि अधिकारीहरूले डुवर्स क्षेत्रको संकोश नदी आसपासका बस्तीमा निगरानी बढाएका छन्। विशेषगरी अलिपुरद्वार जिल्लाको कुमारग्राम क्षेत्रलाई उच्च सतर्कतामा राखिएको छ । पश्चिम बंगालका गृह तथा पहाडी मामिलासम्बन्धी राज्यमन्त्री विशाल लामाले डुवर्सका केही क्षेत्रमा, विशेषगरी संकोश नदी आसपास सतर्कता जारी गरिएको बताए ।

bhutan himtal (5).jpg

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार