२०८३, कार्तिक १५ गते

Switch TV Mode

शनिवार, कार्तिक १५ गते २०८३

एनपीएलमा कर्णालीद्वारा विराटनगर किंग्स चार विकेटले पराजित

बिहिवार , कार्तिक १३, २०८३

काठमाडौँ । नेपाल प्रिमियर लिग(एनपीएल)मा कर्णाली याक्सले विराटनगर किंग्सलाई चार विकेटले पराजित गरेको छ । बिहीबार त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले १९ ओभर ५ बलमा पूरा गरेको हो ।

कर्णालीका कप्तान सोमपाल कामीले ३२ बलमा अविजित ६२ रन बनाए। गुल्सन झा २८ रनमा नटआउट रहे। बलिङतर्फ पनि सोमपालले चार विकेट लिए । त्यस्तै नन्दन यादव र मार्क वाटले १÷१ विकेट लिए ।  यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८६ रन बनाएको थियो । 

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार