२०८३, कार्तिक १४ गते

Switch TV Mode

शुक्रवार, कार्तिक १४ गते २०८३

काठमाडौँ फिल्म फेस्टिभलमा ११ भिडियो प्रतिस्पर्धा गर्दै, विजेतालाई डेढ लाख पुरस्कार

मंगलवार , कार्तिक ११, २०८३

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि १५ गतेसम्म आयोजना गर्ने काठमाडौँ फिल्म फेस्टिभलमा भारतीय अभिनेत्री शबाना आजमीसहित विभिन्न देशका चलचित्रकर्मी सहभागी हुने भएका छन्।

महोत्सवमा सांघाई फिल्म एकेडेमीका प्राध्यापक मार्को मुलर, जापानी निर्देशक ताकायुकी नाकामुरा र भारतीय फिल्म प्रोग्रामर दीप्ति डीकुन्हा पनि सहभागी हुने महानगरपालिकाले जनाएको छ।

महोत्सवमा अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शन, अन्तरसंवाद, मास्टर क्लास, प्यानल छलफल, रेड कार्पेट तथा पुराना नेपाली चलचित्रको विशेष प्रदर्शन गरिनेछ। ‘सिन्दुर’, ‘कुमारी’ र ‘के घर, के डेरा’ प्रदर्शन गरिने कार्यक्रम छ।

नेपाल पानोरामा सट्र्सका लागि प्राप्त ७५ चलचित्रमध्ये १० वटा छनोट गरिएको छ। त्यस्तै, ‘मेरो संस्कृति, मेरो सम्पदा’ भिडियो च्यालेञ्जमा ३५ मध्ये ११ वटा भिडियो छनोट भएका छन्। छनोट भएका चलचित्रलाई प्रतिचलचित्र एक लाख रुपैयाँ प्रोत्साहन पुरस्कार दिइनेछ भने भिडियो च्यालेञ्जका विजेताले ५० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्म पुरस्कार पाउनेछन्।

महानगरपालिकाका अनुसार महोत्सवका चलचित्र प्रदर्शन निःशुल्क हुनेछ। सिट आरक्षणका लागि भने निःशुल्क टिकट लिनुपर्नेछ। महोत्सवले नेपाली चलचित्र क्षेत्रको प्रवर्धन, स्थानीय कला तथा संस्कृतिको संरक्षण र काठमाडौँको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार