२०८३, कार्तिक ८ गते

Switch TV Mode

शनिवार, कार्तिक ८ गते २०८३

असोजमा मकवानपुरमा ५२  वटा सवारी दुर्घटना, ६ जनाको मृत्यु

शनिवार , कार्तिक ८, २०८३

 

बागमती ।  मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका छन् । यस अवधिमा दुर्घटनाबाट छ जनाको मृत्युु हुनाका साथै ७८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।


दुर्घटनामा प्रहरीद्वारा ५० जनाको उद्धार गरिएको छ । यस अवधिमा सवारी दुुर्घटनातर्फ कूल ८५५ कारबाही भएकोमा रु आठ लाख ५५ हजार ५०० राजस्व दाखिला भएको प्रहरीले जनाएको छ । 

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार