काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्स्ट्रीम इनर्जी ड्रिङ्कले सात टोलीको लोगो अंकित विशेष संस्करणका क्यान सार्वजनिक गरेको छ ।
क्रिकेट समर्थकलाई आफ्नो मनपर्ने टोलीप्रतिको समर्थन फरक शैलीमा व्यक्त गर्ने अवसर प्रदान गर्ने उद्देश्यले कम्पनीले स्पेशल एडिसन क्यान बजारमा ल्याएको हो । अब समर्थकहरूले आफूले समर्थन गर्ने टोलीको लोगो अंकित क्यानमार्फत आफ्नो टोलीप्रतिको लगाव र उत्साह व्यक्त गर्न सक्नेछन् ।
एनपीएल सिजन–३ मा एक्स्ट्रीमले काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजकका रूपमा साझेदारी गरेको छ । त्यस्तै, पोखरा एभेन्जर्ससँग जर्सीको छातीमा कम्पनीको लोगो रहने गरी प्रायोजन साझेदारी गरिएको छ ।
कम्पनीका अनुसार विशेष क्यानले क्रिकेटको उत्साहलाई मैदान र दर्शकदीर्घाबाट बाहिर निकाल्दै समर्थकको दैनिक जीवनसम्म पु¥याउन सहयोग गर्नेछ । एनपीएलप्रति युवा पुस्ताको आकर्षण र नेपाली क्रिकेटको लोकप्रियतालाई थप प्रोत्साहन गर्ने उद्देश्यले यो पहल गरिएको कम्पनीले जनाएको छ ।
एनपीएल नेपाली क्रिकेटको प्रमुख प्रतियोगिताका रूपमा स्थापित हुँदै जाँदा समर्थकहरूमा पनि आफ्नो मनपर्ने टोलीप्रति समर्थन देखाउने विभिन्न माध्यमप्रति आकर्षण बढिरहेको छ । यही भावनालाई ध्यानमा राखेर एक्स्ट्रीमले टोलीको पहिचान झल्किने विशेष क्यान सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार यी स्पेशल एडिसन क्यान उपभोक्ताले नजिकैका पसल तथा बिक्री केन्द्रबाट खरिद गर्न सक्नेछन् ।