२०८३, आश्विन २७ गते

Switch TV Mode

मंगलवार, आश्विन २७ गते २०८३

लागुऔषध कारोबारी पक्राउ गर्न तारकेश्वरमा प्रहरीले चलायो गोली

मंगलवार , आश्विन २७, २०८३

काठमाडौं । प्रहरीले काठमाडौंको तारकेश्वरमा गोली चलाएर लागुऔषध कारोबारी पक्राउ गरेको छ । मंगलबार लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर लागुऔषध कारोबारीलाई पक्राउ गरेको हो ।

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन तीन राउन्ड हवाई फायर गरेको ब्यूरोले जनाएको छ । त्यसक्रममा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले उनको साथबाट ३०० ग्रामभन्दा बढी लागुऔषध खैरो हेरोइन बरामद गरेको जनाएको छ ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार