२०८३, आश्विन २५ गते

Switch TV Mode

आइतवार, आश्विन २५ गते २०८३

कांग्रेस महाधिवेशनको मतगणनाः महामन्त्रीमा प्रदीप पौडेल अगाडि

आइतवार , आश्विन २५, २०८३

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारीको मतगणनामा उपसभापति (खुला) तर्फ डा. चन्द्र भण्डारी र महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले अग्रता कायम गरेका छन् ।

३ हजार ४३५ मतगणना हुँदा उपसभापति (खुला) तर्फ भण्डारीले १ हजार ६८६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी ई. मधु आचार्यले १ हजार ९० मत पाएका छन् । सुरेन्द्रराज पाण्डेले ९५५, गोविन्द भट्टराईले ९४१, धनराज गुरुङले ७१९, दीपक गिरीले ४९७ र प्रा. डा. चन्द्रमोहन यादवले २९९ मत प्राप्त गरेका छन्।

उपसभापति (समावेशी) तर्फ बिनोदकुमार चौधरी ८९६ मतसहित पहिलो स्थानमा छन्। जीवन परियारले ८२९, फरमुल्लाह मंसुरले ४६९, रञ्जित कर्णले २७० र सीता गुरुङले २५१ मत पाएका छन्।

महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले २ हजार ५५ मत प्राप्त गर्दै अग्रता लिएका छन्। उदयशमशेर राणाले १ हजार १५९ र डा. सुनिलकुमार शर्माले ९३४ मत पाएका छन्। त्यस्तै, अमरसिंह पुन मगरले ८१९, गुरुराज घिमिरेले ६७८, नैनसिंह महरले ४२८, शंकर तिवारीले ८२ र डा. सन्तोष उपाध्यायले ४९ मत प्राप्त गरेका छन्।

महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला (पन्त) १ हजार ५१७ मतसहित अगाडि छन्। महालक्ष्मी उपाध्याय (डिना) ले १ हजार ३९८ र रीता खनालले ३६५ मत प्राप्त गरेकी छन्।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार